पालिकामा प्रदेशको एकीकृत युनिटः बराल

समाधान संवाददाता २०७९ मंसिर २९ गते १३:२१

पोखरा ।
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले स्थानीय पालिकामा प्रदेशका एकीकृत युनिट स्थापना गर्न आवश्यक भएको बताएका छन् ।

Advertisement

अर्थ मन्त्रालयले मंगलबार पोखरामा आयोजना गरेको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७९ को मस्यौदामाथि भएको छलफलमा मन्त्री बरालले उक्त कुरा बताएका हुन् ।

प्रदेशका विभिन्न मन्त्रालयले जिल्ला स्थित कार्यालय स्थापना गर्दै जाँदा प्रदेशमा आर्थिक भार बढ्ने हुँदा त्यसलाई आर्थिक रुपमा र जनतालाई सहज तथा सरल ढंगबाट सेवा प्रवाह गर्न पनि पालिकामा प्रदेशको एकीकृत युनिट स्थापना गर्न आवश्यक भएको उनको भनाइ छ ।

संघीयताको पहिलो ५ वर्षको अनुभवले अब कम्तीमा प्रदेशको अपनत्व हुने गरी हरेक कार्यविधि तथा ऐन कानुन बनाउदा ख्याल गर्नुपर्ने मन्त्री बरालले बताए । प्रदेशमा सुशासन कायम गरी र प्रगति पथमा लैजानका लागि अब ५ वर्षको अनुभवबाट शिक्षा लिई प्रदेशका मुख्यमन्त्री, मन्त्री, कर्मचारीले प्रदेशको विषेशता बुझेर काम गर्नुपर्ने बरालको भनाइ छ ।

प्रदेशको आन्तरिक स्रोत वृद्धि नगरी प्रदेश हुनुको अर्थ नहुने ठानेर आफूले केही सार्थक प्रयास गरेको उनले दाबी गरे ।

Advertisement

तपाईको प्रतिक्रिया