राहत कृषिमा अञ्जुको नेतृत्व

पोखरा ।
राहत कृषि सहकारी संस्था पोखरा ५ को पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले अञ्जु केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति चुनेको छ । समितिको उपाध्यक्षमा महेन्द्र पौडेल, सचिव वासुदेव पौडेल, कोषाध्यक्ष प्रकाश रेग्मी र सहसचिवमा बोधराज रेग्मी छन् ।
सदस्यमा गुरुदत्त शर्मा पौडेल, महेन्द्र सापकोटा, कृष्णमुरारी बास्तोला, कमला गुरुङ थापा, टंकदेवी कार्की र देवेन्द्र अधिकारी छन् । लेखा समिति संयोजकमा धर्मदत्त पौडेल र सदस्यमा रविचन्द्र जम्मरकट्टेल र दीपक उपाध्याय निर्वाचित भएको निर्वाचन समिति संयोजक अधिवक्ता शिवराज पौडेलले जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरका सहकारी दर्ता अधिकारी भरतराज पौडेलले सहकारीका मान्यता अवलम्बन गर्दै अघि बढ्न आग्रह गरे । अर्थतन्त्रको तेस्रो खम्बा मानिएको सहकारीलाई बलियो बनाउने जिम्मेवारी सबै सहकारीकर्मीको भएको उनको भनाइ छ ।
सहकारीका अध्यक्ष रामचन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी उज्ज्वल खत्री, सचिव रविचन्द्र जमरकट्टेल, सदस्य अर्जुनप्रसाद पौडेल लगायतले बोलेका थिए ।
नवनिर्वाचित अध्यक्ष केसीले सहकारीका स्थापित मान्यता र सेयर सदस्यको आकांक्षा बमोजिम संस्थालाई अघि बढाउने बताइन् । अबको आवश्यकता कृषि क्रान्ति भएकाले सबै सदस्यलाई निर्वाहमुखीबाट व्यवसायिक कृषिमा लैजान पहल गर्ने उनको प्रतिवद्धता छ ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया