भूमेश्वर स्कुलको वार्षिकोत्सव

पोखरा ।
पोखरा १९ घार्मीमा रहेको भूमेश्वर आधारभूत विद्यालयले ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ । विद्यालयले वार्षिकोत्सवको अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु शोभामोहन पौडेल, डिल्लीराम पौडेल, रामचन्द्र पौडेल, राजकुमार पौडेल, माधव पौडेल र पोषराज पौडेललाई सम्मान गरेको छ ।
अक्षयकोषदाता होमनाथ आचार्य, हरेराम घिमिरे, पूर्व प्रधानाध्यापक बैकुण्ठ पौडेल, पूर्व शिक्षक सुभद्रा आचार्य र पूर्णभद्र आचार्यलाई पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय पौडेल र प्रधानाध्यापक दुर्गाप्रसाद पौडेलले सम्मान गरेका छन् ।
कार्यक्रममा वडाध्यक्ष पाण्डेले यस क्षेत्रकै जेठो विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि स्थानीय सरकारको साथ सदैव रहने बताउ । उनले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या न्यून भएकोमा चिन्ता व्यक्त गर्दै सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष शोभामोहन पौडेल, विद्यालयका संस्थापक लीलाधर पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामचन्द्र पौडेल, डिल्लीराम पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष केदार पौडेल, वडा सदस्य दुर्गादेवी बस्नेत, कल्पना सुनार, पूर्व प्रधानाध्यापक बैकुण्ठ पौडेल, अक्षय कोष संयोजक मोहनप्रसाद पौडेल, अक्षय कोष दाता होमनाथ आचार्य, शिक्षक शर्मिला पराजुली लगायतले बोलेका थिए ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया