कङ्गयुर पाठ पूजा सुरु

पोखरा ।
पोखरा १० रामघाटको बौद्धशान्ति मार्गस्थित पल टासी छ्योलिङ (गोपाल) गुम्बामा कङ्गयुर (त्रिपिटक) पाठ वाचन तथा तोनाग घोसुम पूजा शुक्रबारबाट सुरु भएको छ ।
तो ल्हो(बाघ वर्ग) बिदाइ र हि ल्हो(बिराले वर्ग) आगमनको अवसरमा गुम्बाद्वारा विश्वमा शान्तिको कामना, विश्वमा घटिरहेका हत्या, हिंसाको अन्त्य र पितृ उद्धारसहितको उद्देश्यसहित आयोजित २२ औं कङ्गयुर (त्रिपिटक) पाठवाचन तथा तोनाग घोसुम पूजा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् ।
उनले शान्तिका लागि असल भावना, सत्कर्म, अमृत वचन आवाश्यक रहेको उनले बताइन् । शान्तिबाटै आनन्तमय जीवन प्राप्त हुने उनको भनाइ छ । गुरुङले पल टासी छ्योलिङ गुम्बाले बौद्ध शिक्षा विकासका लागि कक्षा ५ सम्म अध्ययनको व्यवस्था गरिरहेकाले महानगरले माध्यमिक शिक्षासम्म पठन पाठनका लागि समन्वय गर्ने बताए ।
कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, ब्रेज मेश्रो घान्द्रुक तमु समाजका अध्यक्ष सु सुदर्शन गुरुङ, शान्ता गुरुङ, लामा मिन गुरु लगायतले बोलेका थिए । गुम्बाका प्रमुख लामा गोपाल गुरुङको अध्यक्षतामा कार्यक्रम भएको छ । उद्घाटन समारोहपश्चात पल टासी छ्योएलिङ गोपाल गुम्बामा कङ्ग्युर पाठ र पूजा सुरु गरिएको छ ।
पल टासी छ्योएलिङ गोपाल गुम्बाका प्रमुख लामा आम्ची गोपाल गुरुङको अगुवाईमा ब्रेज मेश्रों घान्द्रुक तमु समाज, टासी छ्योएलिङ गुम्बाका ब्रत आमा समूह, आठभाई बाह्र घर प्ल्हनेरों भाइखलक, आठ भाइ बाह्र घर प्ल्हनेरों र्हिचमी(चेलीबेटी) लगायत विभिन्न जिल्लाबाट बौद्ध उपासक उपासिकाको बृहत सहभागिता रहने गरेको छ ।
तपाईको प्रतिक्रिया