विद्यार्थीलाई न्यानो कपडा

समाधान संवाददाता २०७९ पुष ४ गते ११:४३

पोखरा ।
आदर्श बचत तथा ऋण सहकारी संस्था पोखरा १३ आर्वा तथा लायन्स क्लब अफ गतिशील मञ्जरीले संयुक्त रुपमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । आर्वा स्थित रतन पाण्डे माविका ४८ विद्यार्थीलाई स्वीटर, टोपी, कपडा तथा खाजा वितरण गरिएको हो ।

Advertisement

सहकारीले सामाजिक उत्तरदायित्व वहन गर्दै कार्यक्रम गरिएको आदर्श बचत तथा ऋण सहकारीका सञ्चालक समिति सदस्य एवं न्यानो कपडा वितरण कार्यक्रम संयोजक यज्ञप्रसाद बरालले बताए ।

सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १३ की वडा सदस्य रजनी परियार, रतन पाण्डे मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष शरदचन्द बराल, प्रधानाध्यापक डिल्लीराम बराल, सहकारीका सचिव सूर्यप्रसाद बराल तथा लायन्स क्लब अफ गतिशील मञ्जरीकी बिन्दु बराल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया