गण्डकी अटो मेकानिकल्स ३१ वर्षमा

पोखरा ।
अटो मेकानिकल्सको साझा संस्था गण्डकी अटो मेकानिकल्स एसोसियसनको ३१ औं वार्षिकोत्सव आइतबार मनाइएको छ । सो अवसरमा भएको रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ ।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले पहिलो रक्तदाता संस्थाका प्रेस सल्लाहाकार कृष्णबहादुर थापालाई ब्लड ब्याग वितरण गरी रक्तदान सुरुआत गरे । ७२ औं पटक रक्तदान गरेका थापाको उदाहरण दिँदै रक्तदानले स्वास्थ्य सेवासहित मानवीय कार्य हुने डा. खत्रीले बताए ।
अटोमेकानिकल्स साझा संस्थाको रुपमा विविध सामाजिक कार्य गर्दै आएको अध्यक्ष सन्तोषकुमार मिश्रले बताए ।
कार्यक्रममा अटो मेकानिकल्स महासंघका केन्द्रीय उपाध्यक्ष्य कुलबहादुर नेपाली, प्रदेश अध्यक्ष सन्तकुमार भट्टराई, पश्चिमाञ्चल अटो व्यवसायी संघका अध्यक्ष कृष्ण श्रेष्ठ, रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, पूर्व अध्यक्ष सानुमान जलारी, रेडक्रस सोसाइटी प्रदेश अध्यक्ष सूर्य ढकाल, पत्रकार सूर्य सिकारु एसोसियसनका उपाध्यक्ष कृष्णबहादुर खाँड, मानव अधिकार शान्ति समाजका उपसभापति रामकृष्ण ढुंगाना, महासचिव योगेन्द्र राजभण्डारी, कार्यक्रम संयोजक विष्णु अधिकारी लगायतले बोलेका थिए ।
सभामा सदस्यलाई सशक्तीकरण गर्ने र संस्थाको भावी योजनाबारे छलफल भएको कार्यालय सचिव पार्वती बरालले बताइन् ।









ग्रीन डेभलपमेन्ट बैंकको लाभांश पारित, सेयरधनीले ८ प्रतिशत बोनस पाउने
प्रजातन्त्र सेनानी कर्णशंकर पालिखेको निधन
तानातानबीच रतनपाण्डे माविमा प्रधानाध्यापक बनिन् संगीता पोखरेल
पोखराका ताल–सिमसार क्षेत्रमा प्रजाति विविधता घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया