गण्डकी प्रदेशः ऐन संशोधन गरी सांसद भत्ता र सुविधा बढाइयो

समाधान सम्वाददाता
गण्डकी प्रदेश सभाका पदाधिकारी तथा सदस्यको बैठक भत्ता बढेको छ । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सेवा, सुविधा सम्बन्धी ऐन २०७४ को अनुसूची संशोधन गरी बैठक भत्ता बढाउने निर्णय आइतबारको मन्त्रिपरिषदको बैठकले गरेको हो ।
अब प्रदेश सभा सांसदले बैठक भत्ता बापत १ हजार रुपैयाँ पाउने भएका छन् । यसअघि बैठकभत्ता ७ सय ५० रुपैयाँ थियो । संविधानको धारा १ सय ९६ को बमोजिम प्रदेश सभा पदाधिकारी तथा सदस्यको परिश्रमिक तथा सेवा सम्बन्धी ऐन २०७४ वैशाख २४ गते प्रमाणित भए कार्यान्वयनमा आएको थियो ।
‘मन्त्रिपरिषदको निर्णयले ऐनको हेरफेर गर्दै १ हजार रुपैयाँ पु¥याउने निर्णय गरिएको हो । यसको राजपत्रमा सूचना प्रकाशित भएसँगै लागु हुनेछ,’ सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
पोखरामा घर हुने प्रदेश सभाका पदाधिकारीलाई आवास सुविधा तथा मर्मतका लागि अरु जिल्लाकोभन्दा आधा रकम दिने मन्त्रिपरिषदले निर्णय गरेको छ । अब पोखरामा घर हुने सांसदले साढे ७ हजार रुपैयाँ आवास तथा मर्मत सुविधा पाउने छन् ।
यसैगरी दलका सचेतकले यसअघि गाडी प्राप्त नभइसकेको अवस्थामा प्राप्त नगरेको सुविधा बापतको रकम पनि उपलब्ध गराउने मन्त्रिपरिषदले निर्णय गरेको छ । सचेतकले सवारी सुविधा बापत मासिक १० हजार रुपैयाँ पाउँछन् ।









लेकसाइडः नयाँ वर्षको गन्तव्य
पत्रकार र मिडियाको संख्या बराबर !
सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन
राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया