आहा रारा विजेतालाई १२ लाख

पोखरा ।
सहारा क्लब पोखराले आहा रारा पोखरा गोल्डकपको पुरस्कार बढाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २२ औं संस्करण पुस १२ देखि २३ गतेसम्म हुँदै छ ।
प्रथम पुरस्कारमा २ लाख थप गरी १२ लाख बनाइएको छ । द्वितीय पुरस्कारमा १ लाख थप गरी ६ लाख कायम गरिएको छ । २०५८ मा भएको क्याराभान गोल्ड कप गणना गर्दै २२ औं संस्करणबाट नामांकित यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेस्रो ब्याचको एकेडेमीमा १० जिल्लाका १३ बालक एकेडेमीमा छन् ।
यसैबीच प्रतियोगितामा सहभागी हुने १० टिमको टुंगो लागेको छ । नेपाल एपिएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र क्लबमा सहभागी हुँदै छन् ।
संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, बिवाइएससी एमएन युएसए, धरान फुटबल क्लब र आयोजक सहारा क्लब पोखराको टिम प्रतियोगिता सहभागी हुने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
यस प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजन हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ । उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रदान गरिनेछ । प्रतियोगितामा १ करोड ५९ लाख ५० हजार रुपैयाँ आम्दानी खर्च १ करोड १३ लाख ५६ हजार हुने अनुमान छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया