हृदयदेखि हृदयसम्म

पोखरा ।
हामीले कसैको जीवनमा केही न केही सकरात्मक प्रभाव पार्न सक्छौं । कहिले काहीँ असन्तुष्ट पनि हुन सकिन्छ । दुःख त हुन्छ । थकित पनि भइन्छ । प्रत्येक दिन दर्जनौं विरामीहरुको हँसिलो अनुहार देख्न पाउँदा काम गर्ने ऊर्जा मिल्छ ।
यो भाग्यको कुरा पनि हो । यो भनाइ हो, पोखरामा जारी दसौं साहित्यिक महोत्सवका सहभागी डा. भगवान कोइरालाको । पत्रकार केशवशरण लामिछानेसँग हृदयदेखि हृदयसम्मको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
संस्कृति र भाषामा मात्रै दख्खल राख्ने कोइरालाले आफू आख्यानमा भने कमजोर भएको बताए । कार्यक्रममा उनले भने, ’साइन्स बायोलोजीमा राम्रो भएकोले त्यतातिर लागें । पुस्कतमा त्यस्तो फूलबुट्टा भरिएको छैन । मलाई जस्ताको जस्तै प्रस्तुत गरिएको छ ।’
एउटा पुस्तक २५ हजार मूल्यमा बिक्री गरेर सात प्रदेशमा विशिष्टिकृत बाल अस्पताल खोल्न सम्भव देख्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘यो देशका लागि चाहिएको विषय हो । यसको महत्वपूर्ण स्टेप चाहीँ हुन सक्छ । नलेजलाई प्रयोग गरेको हो । यसको लागि प्रकाशकले मैले रोयल्टी नलिने गरी पुस्तक छापिदिनुभयो ।’
उनले त्यसबेलाको स्वास्थ्यमन्त्रीको कुरा सम्झिँदै भने, ’देशमा मुटुको रोग नै छैन । मुटुको अस्पताल किन चाइयो भनेका थिए । अहिले मुटु अस्पतालको अस्पताल ‘भ्यालु’ साबित भयो । ‘त्यसैले महशुसलाई गाइड गर्दिने काम पनि विज्ञहरुको कै हो । यसमा हामी सबै जिम्मेवारी हुनु पर्छ । यो ‘मोडल’ बाट गयो भने दिर्घकालिन रुपमा योगदान दिन सकिन्छ भनेर यो योजना बनाएको हो ।’ उनले भने ।
कार्यक्रमा बोल्दै उनले पोखरासँग पुर्खेली नाता भएको बताए । उनले भने, ’मेरा पुस्ता पोखराबाट पाल्पा गएका रहेछन् । त्यसकारण मेरो पोखरासँग आत्मीय सम्बन्ध छ । काठमाडौंभन्दा पहिले यहीं अस्पतला खोल्ने योजना बनाएका थियौं । ठाउँ खाली नभएकोले काम अलि ढिला भयो ।’ देशको स्तर हेर्दा, राष्ट्रिय स्तरको संघसंस्थाको रूपमा हेर्दा पनि ।
लिडरसिपबाट धेरै कुराहरू गाइड हुन बालअस्पताल सरकारको योजनामै सक्ने उनको भनाइ थियो । ’चाहानाले मात्रै पुग्दैन । इमानदारिताका साथ कुनै काम गर्छु भनेर दृढता गर्यो भने धेरै कुरा पुरा हुने उनको भनाइ छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ (हार्ट सर्जन) डा.भगवान कोइराला कार्डियोथोरासिक सर्जन, प्राध्यापक तथा सामाजिक अभियन्ता हुन् । नेपालमा ओपन हर्ट सर्जरीको मुख्य श्रेय डा. कोइरालालाई नै जान्छ । कोइरालाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबात पेडियात्रिक सर्जरी विशेषज्ञको रूपमा आफ्नो वृति सुरु गरेका थिए ।
उनी २००१ देखि २००९ सम्म शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक तथा कार्डियाक सर्जरीको प्रमुख थिए । उनले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकको रूपमा समेत काम गरेका छन् ।
नेपालमा मुटुरोगको उपचारको क्षेत्रमा डा कोइरालाले उल्लेख्य योगदान गरेका छन् । चिकित्सकीय अभ्यासका क्रममा उनले हजारौं मुटुरोगीलाई नयाँ जीवन दिएका छन् । सहिद गंगालाल अस्पताललाई उचाइमा पुर्याउने उनको विशेष भूमिका छ ।
डा. कोइरालाले ‘हृदय’ नामक पुस्तक लेखेका छन् । उनले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयका विश्लेषणात्मक धारणा पुस्तकमा समावेश गरिएको छ ।
तपाईको प्रतिक्रिया