स्थापना दिवसमा विविध कार्यक्रम

पोखरा ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले १४ औं स्थापना दिवसको अवसरमा पोखरामा विविध खेलकुदसहित सम्मान कार्यक्रम गरी मनाउने भएको छ ।
एकेडेमीको सोमबार पोखरामा भएको बैठकले पुस १७ गते पोखरामा स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
एकेडेमीले पोखरा रंगशालामा परम्परागत खेल ठेलो प्रतियोगिता र टग अफ वार प्रतियोगितासहित अग्रजलाई सम्मान गर्ने कार्यक्रम तय भएको राखेप सदस्य तथा एकेडेमीका केन्द्रीय उपाध्यक्ष राजेशकुमार गुरुङले बताए ।
प्रतियोगितामा ठेलोतर्फ उपाधि विजेतालाई नगद ३० हजार, उपविजेतालाई २० र तेस्रो हुनेलाई नगद १० हजार प्रदान गरिने एकेडेमीले जनाएको छ । टग अफ वार प्रतियोगितातर्फ उपाधि विजेतालाई नगद ५० हजार, उपविजेतालाई ३० र तेस्रो हुनेलाई २० हजार प्रदान गरिनेछ ।
पोखरा रंगशाला पर्खाल निर्माण समितिका पदाधिकारीसहित, अग्रज कवि, साहित्यकार र अग्रज पत्रकारलाई समेत सम्मान गर्ने निर्णय भएको एकेडेमीका केन्द्रीय सदस्य कृष्ण तिमिल्सिनाले जानकारी दिए ।
फागु पूर्णिमाका दिन फागुन २२ गते विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगितासमेत आयोजना गरिने एकेडेमीले जनाएको छ । प्रतियोगितामा हालै पोखरामा सम्पन्न एनप्याब्सन स्पोर्टस मिट, प्याब्सन स्पोर्टस मिट र हिसान कास्की अन्तर्गत सम्पन्न भलिबल सेमीफाइनालिस्ट टिमबीच प्रतिष्पर्धा हुनेछ ।
भलिबल छात्र/छात्रा प्रतियोगितामा उपाधि विजेता उपविजेता र तृतीय हुने टिमले क्रमश नगद ३०, २० र १० हजार पाउने छन् ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया