‘पोखराबारे लेखिन बाँकी छ’

पोखरा ।
पोखराबारे थुप्रै गीत लेखिएका छन्, गाइएका छन् । गीतकै कारण पनि पोखरा मानिसका हृदयमा बसिरहन्छ । पोखरा, फेवाताल वा माछापुच्छ्रे सर्जकका सिर्जनामा आइरहन्छन् ।
नेपाल लिट्रेचर फेस्टिभलको चौथो दिन ‘हेर्दा राम्रो माछापुच्छ्रे’ सेसनमा सजकर्ता दीपक परिवार कवि तीर्थ श्रेष्ठलाई पहिलो प्रश्न सोध्छन्, ‘काठमाडौंभन्दा बढी गीत पोखराबारे गाइएका छन् । साँच्चै ती गीतले पोखराको वास्तविक प्रतिबिम्बन गरेका छन् ?’
कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘एउटै गीतमा सिंगो पोखराको प्रतिनिधित्व हुन सक्दैन । कुनै गीतमा पोखराको प्राकृतिक सौन्दर्य र कुनै गीतमा सांस्कृति सौन्दर्य जोडिएको हुन्छ । कुनै गीतले इतिहास पनि जोडिदिएको छ । गीतले जिज्ञासालाई पनि जीवन्त बनाउने रहेछ ।’
एउटै गीतमा सिंगो पोखराको प्रतिनिधित्व हुन सक्दैन । गीतले जिज्ञासालाई पनि जीवन्त बनाउने रहेछ ।
तीर्थ श्रेष्ठ
कार्यक्रममा कवि तीर्थ श्रेष्ठसँगै गायक धर्मेन्द्र सेवान र गायिका रज्नी ‘रिदम’राई पनि सहभागी थिए । तीर्थ गीतले इतिहासका कुरालाई कसरी जोड्छ भन्ने प्रसंगमा थप्छन्, ‘एउटा गीतमा ढुंगेसाउँको मेला बाँचेको छ । तर अहिले त्यो त बाँकी छैन नि ।’ तीर्थले गीतले स्रष्टालाई पनि जीवन्त राखेको बताए । यद्यपि, पोखराई अझै लेखिन बाँकी रहेको उनी बताउँछन् ।
धर्मेन्द्र आफूले ०५५ सालमा ‘नेपाली तारा’ रियालिटी सो चल्दा पोखराले निकै माया गरेको सम्झन्छन् । ‘भर्खर उदाएका युवा पुस्ताका कलाकारलाई पोखराले सधैं मञ्च प्रदान गरेको छ,’ उनी भन्छन् । धर्मेन्द्र आफूले ‘हेर्दा राम्रो माछापुच्छ्रे’ गाउँदा ‘पोखरेली कान्छो’ भनेर पाउको माया कहिल्यै बिर्सन्नन् ।
तर धर्मेन्द कामको शिलशिलामा काठमाडौं छन् । तर उनलाई बस्ने रहर पोखरामै छ । ‘तर जता लागे पनि संगीतमा भने सधैं रहन्छु,’ उनी भन्छन् । दार्जिलिङबाट आएर पोखरामा कर्मथलो बनाएकी रजनी रिदम राई पोखराबारे गाएका गीतका कारण चर्चित छिन् ।
उनी आफू पोखरा आउँदा पहिलो पटक पाएको अवसरबारे सझिन्छिन् । आफू संघर्षरत् कलाकार हुँदा पहिलो पटक अवसर दिने सर्वज्ञमान शाक्यलाई सम्झन्छिन् । आफूले गाएको पहिलो गीतले नै अवार्ड दिएकोमा फुरुङग भएको उनी सम्झन्छिन् ।
तीर्थलाई दीपक जिज्ञासा राख्छन्, ‘हरिदेवी कोइरालाकै पहिलो रेकर्डेड गीतमा बैदाम ताल सुन्छौं । धेरैलाई बैदाम ताल र फेवातालको सन्दर्भ थाहा छैन । फेवा र बैदामको प्रसंग भनिदिनुस् न ?’
फेवातालको पुरानो नाम हो बैदाम ताल । यहाँ तालनजिकै बदाम खेती हुने हुनाले बैदाम ताल नामाकरण गरिएको प्रसंग उनी कोट्याउँछन् । फेवाताल कसरी रहन गयो भन्ने कुरा अनुसन्धानको विषय रहेको तीर्थ बताउँछन् ।








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया