गण्डकी प्रदेशको अधिवेशन आह्वान
समाधान संवाददाता
२०७९ पुष १२ गते १७:३०

पोखरा ।
गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सांसदको अधिवेशनआह्वान गरेका छन् । प्रमुख गुरुङले पुस १८ गते सोमबार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेकी गरेका हुन् । गुरुङले गण्डकी प्रदेश सरकारमा सरकार गठनको प्रकृया सुरु नहुँदै अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङले आह्वान गरेको पत्रमा सभामुख वा जेष्ठ सदस्य नतोकी पत्र पठाएका हुन् ।
पत्रमा उल्लेख छ, ‘गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङज्यूद्धारा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको अधिवेशन सम्वत् २०७९ साल पौष १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेश सभा भवन, नदीपुरमा आरम्भ हुने गरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’

सम्बन्धित








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया