आजदेखि सडक महोत्सव

समाधान संवाददाता २०७९ पुष १३ गते १०:२७

पोखरा ।
रेवान पोखराको आयोजनामा २४ औं पोखरा सडक महोत्सव आजदेखि सुरु हुँदै छ । पुस १७ गतेसम्म चल्ने महोत्सवले पर्यटन प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

रेवान पोखरा अध्यक्ष एवं महोत्सवका मुख्य संयोजक नरेशबहादुर भट्टराईले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव फिस्टेल गेटदेखि खहरेचोकसम्म सञ्चालन हुने जानकारी दिए । महोत्सवमा खाना, संस्कृति र गीत संगीत मुख्य आकर्षण रहने छन् ।

‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने उद्घोषका साथ महोत्सवलाई निरन्तरता दिइएको हो । कोमागानेपार्कमा लोक दोहोरीका कार्यक्रम, साँझ लाइभ कन्सर्ट हुने छन् ।

Advertisement

यस्तै, गौरीघाट, खहरे र सेन्टर प्वाइन्टमा सांस्कृतिक नृत्य लगायतका गतिविधि हुने आयोजकले जनाएको छ । वेटर र वेट्रेस दौड, डुंगा दौड र रस्साकस्सीका कार्यक्रम महोत्सवका थप आकर्षण हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया