बालुदेवी सम्मानित

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १९ निवासी ज्येष्ठ नागरिक बालुदेवी ढुंगाना सम्मानित भएकी छन् । ज्येष्ठ नागरिक दिवसको अवसरमा वडा कार्यालय पोखरा १९ ले एक कार्यक्रम आयोजना गरी पोखरा महानगरकै ज्येष्ठ नागरिक १ सय ५ वर्षीया ढुंगानालाई सम्मान गरेको हो ।
उनलाई वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगी, सदस्य दुर्गादेवी बस्नेत, विकास आचार्य, कल्पना सुनार, वडा सचिव श्रीराम पौडेलले सम्मान गरेका हुन् । वडाध्यक्ष पाण्डेले जेष्ठ नागरिक समाजको दर्पण भएको बताउँदै उनीहरुको सम्मानले समाज नै सम्मानित हुने बताए ।
अर्का वडाध्यक्ष योगीले ज्येष्ठ नागरिकको अधिकारमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताइन् । वडा सचिव श्रीराम पौडेलले ज्येष्ठ नागरिकको अनुभव र अनुभूतिलाई शिक्षाका रूपमा लिई अगाडि बढ्नुपर्नेमा जोड दिए । विसं १९७४ मा पुरून्चौरको ढुंगाना गाउँमा बालुदेवीको जन्म भएका थियो ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया