गण्डकीमा कांग्रेस संसदीय दलको नेतामा २ जनाको मनोनय दर्ता
समाधान संवाददाता
२०७९ पुष १३ गते १४:४३

पोखरा ।
गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा २ जनाको मनोनय दर्ता भएको छ । कांग्रेस प्रदेश कमिटीले बुधबार संसदीय दलको नेता छान्न तालिको तोकिएको थियो ।
सोही अनुरुप २ जनाको उम्मेदवारी परेको हो । मनोनय दर्ताको समय २ बजेसम्म तोकिएको थियो । मतदान दिउँसो ३ बजेबाट सुरु हुने निर्वाचन मण्डल जनाएको छ । दलको नेताका लागि सुरेन्द्र पाण्डे र भोजराज अर्यालको मनोनय दर्ता भएको हो । दलको नेता बन्न ४ जनाले आकांक्षी देखाएपनि अन्तिममा २ जनाले मात्र मनोनय दर्ता गरेका हुन् ।
सुरेन्द्र पाण्डेको प्रस्तावक बिन्दुकुमार थापा र समर्थक टकराज गुरुङ छन् । यस्तै, अर्यालका प्रस्तावक महेन्द्रधोज जिसी, पर्वती तामाङ समर्थक छन् ।
सम्बन्धित








फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया