बैदामदेखि गगनगौँडासम्म सम्म सरसफाई

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकका सडकमा बुधबार सरसफाई गरिएको छ । पोखरा ६ बैदामदेखि गगनगौँडासम्म सम्म सरसफाई गरिएको छ ।
विमानस्थल खण्डका राजमार्गको दायाँबायाँ रहेका प्लाष्टिकका फोहोर र अन्य फोहोर संकलन गरिएको थियो । कार्यक्रममा संघसंस्था, आमा समुह, टोल विकास समिति, क्लब र विद्यालयको समेत सहभागिता थियो ।
वडा न.१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले पोखरालाई सुन्दर पोखरा बनाउन मेयर, वडाध्यक्षको पहलले मात्र नपुग्ने बताए । महानगर बासिको पहल र सहयोगले मात्र सुन्दर पोखरा बनाउन सकिने उनको भनाइ छ ।
‘सुन्दर पोखरा हराभरा पोखरा’ भन्ने मुल नारा बोकि पोखरालाई विदेशी पर्यटकको सामु सुन्दर शहरको पहिचान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ । सफा र स्वच्छ पोखरा स्वच्छ वातावरण बनाउने र पोखरा लाई विश्व सामु सुन्दर पर्यटकीय स्थलको रुपमा चिनाउन सरसफाई कार्यक्रम राखिएको आयोजकको भनाइ छ ।
फोहोर मैला नगरौँ भन्ने सन्देश सहित जनचेतना मुलक सरसफाई अभियान सुरु हो । ‘सक्छौँ सफा गरौँ सक्दैनौ फोहोर नगरौँ’ भन्ने भावना बोकि पोखरा महानगरपालिकाले कार्यक्रम निरन्तर रुपमा अघि बढाइरहेको छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया