प्रदेश प्रमुख गुरुङले दिए ल्होसारको शुभकामना
समाधान संवाददाता
२०७९ पुष १५ गते ११:१०

पोखरा ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तमु (गुरुङ) समुदायको महान् चाड ‘तमु ल्होसार’को अवसरमा शुुभकामना दिएका छन् प्रदेश प्रमुख गुरुङले बिहीबार शुुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका ल्होसार मनाउने समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
गुरुङ समुदायले शुक्रबार विशेष हर्षका साथ पुरानो बाघ वर्गलाई बिदाइ गरी बिरालो वर्गलाई स्वागत गर्दै छन् । तमु जातिको नयाँ वर्षको रुपमा मनाइने यस पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे । यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उनी बताउँछन् ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया