पोखरामा भेटियो गोमन सर्प !

समाधान संवाददाता २०७६ वैशाख २४ गते १६:५२

सुरेशराज अधिकारी

पोखरा १९ को घार्मीस्थित बाँसघारीमा २ वटा गोमन सर्प देखिएको छ ।

तराई क्षेत्रमा हुने गोमन सर्प पछिल्लो समयमा पहाडी क्षेत्रमा देखिएको हो ।

Advertisement

२०३८÷३९ सालमा पहिलोपटक १ विदेशी समूहले अन्नपूर्ण संरक्षण क्षेत्रको लान्द्रुकमा गोमन सर्प देखेको तथ्य बाहिर आएको थियो ।

अहिले स्याङ्जा लगायतका जिल्लामा गोमनको अण्डा भेटिएको छ । २०६० सालपछि बाक्लो रुपमा देखिएकोे सर्प विज्ञहरु बताउँछन् ।

Advertisement

सोमबार दिउँसो ३ बजेतिर उक्त प्रजातिको सर्प घार्मीमा देखिएसँगै नियन्त्रणमा लिने प्रयास गरिएको छ । गोमन सर्पले पहाडमा पाइने साना सर्पलाई खान्छ ।

सर्प विज्ञ रामकाजी श्रेष्ठले गोपन सर्पलाई सर्प संरक्षण संघले नियन्त्रणमा लिने बताए । उनले गोमनलाई मानव बस्तीको वरिपरि रहन दिनु खतरा हुने भएकाले छोप्ने बताए । उक्त गोमनलाई अन्य कुनै घना जंगलमा छाड्नुपर्ने श्रेष्ठको भनाइ छ ।

विज्ञहरुका अनुसार गोमन अति विषालु हुने भएकाले मानिसलाई टोकेमा मानिस बाँच्ने सम्भावना कम हुन्छ ।
तस्बिरः ऋषि बराल

तपाईको प्रतिक्रिया