शैक्षिक परामर्श संघ कास्कीमा थापा निर्बाचित

पाेखरा ।
नेपाल शैक्षिक परामर्श संघ ECAN कास्किको ११ औ साधारण सभा तथा छैटौ अधिवेशन नयाँ कार्य समिति चयन गरेर सम्पन्न भएकाे छ । संघकाे अध्यक्षमा स्टडी लिंकका रमेश थापा निर्बाचित भएका छन् ।
शनिबार भएकाे अधिवेशनमा नयाँ कार्यसमितिका लागि निर्बाचन भएकाे थियाे । अध्यक्षमा थापासँग सन्दिप अर्यालले प्रतिस्पर्धा गरेका थिए । थापाले २२ मत पाएर विजयी हुँदा अर्यालले १५ मत पाएका थिए ।
संघकाे उपाध्यक्षमा धनबहादुर शाही र सन्ताेष विजयी भएका छन् । उपाध्यक्षमा सन्ताेष सहित ओमप्रकाश गैरे र युवराज पाैडेलले प्रतिस्पर्धा गरेका थिए । गैरे र पाैडेल पराजित भए ।
त्यस्तै सचिवमा कमल बराल निर्बाचित भएका छन् । हरि पराजुलीलाई पराजित गर्दै बराल निर्बाचित भएका हुन् भने काेषाध्यक्षमा गणेबहादुर कार्की विजयी भए । कार्कीले गणेशप्रसाद काेइरालालाई पराजित गरेका थिए ।
कार्य समिति सदस्यहरु भने निर्बिराेध निर्बाचित भएका छन् । कार्य समिति सदस्यहरुमा अनिल गौतम, बिश्व कल्याण अधिकारी, सुरेन्द्र बराल र रुद्र गिरी निर्बाचित भएका छन् ।









प्रचण्ड कास्की ३ बाट सिफारिस
सम्पादकीय—प्रतिनिधिसभा पुनःस्थापनाको अपरिहार्यता
निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया