आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

पोखरा ।
त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै संकटा फुटबल क्लब २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ गोल अन्तरले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो ।
संकटाको जितमा मेसुके, सुरजज्यु ठकुरी र स्टेफन बिनोङले समान १ गोल गरे । आर्मीका नवयुग श्रेष्ठले १ गोल फर्काए । आर्मीले सुरुआतमा १ गोलको अग्रता लिएको थियो । १४ औं मिनेटमा संकटाका निशान खड्काले आर्मीका दिनेश हेम्जनलाई फउल गर्दै लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो ।
सोही पेनाल्टीमार्फत नवयुगले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर अग्रता जोगाउन नसक्दा आर्मी पहिलो खेलबाट घर फर्किनु पर्यो ।
खेलको ३६ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए । खेलको ७९ औं मिनेटमा सुरजले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा स्टेफनले गोल गर्दै संकटालाई ३–१ को जित दिलाए ।
जितसँगै संकटा सेमिफाइलनमा प्रवेश गरेको छ । संकटाले अब सेमिफाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबसँग खेल्नेछ । एपिएफ धरान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो ।
सहारा क्लब पोखराको आयोजना गरेको उक्त प्रतियोगिताको मंगलबार हुने अन्तिम क्वार्टर फाइनलमा मनाङ मस्र्याङ्दी क्लब र भुटनिज युथ एससी अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पाउनेछ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया