मेरोविरुद्ध उजुरी दिनेलाई मेरोभन्दा ठूलो कारबाही गर्नुपर्ने स्थिति हुन सक्छ: कृष्ण केसी

समाधान संवाददाता २०७९ पुष १९ गते २०:२८

पोखरा ।

Advertisement

नेपाली कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसी विरुद्ध गएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही मागसहित पार्टी अनुशासन समितिमा उजुरी परेको छ । त्यसबारे कृष्ण केसीको धारणा :

कृष्ण केसी
भर्खरै एकजना साथीले भनेपछि ममाथि लगाइएको आरोप थाहा पाएँ । मलाई पार्टीका जिल्ला कार्यसमिति, पार्टी अनुशासन समिति, केन्द्रीय समितिबाट यो कुनै ठाउँबाट आधिकारक जानकारी आइपुगेको छैन ।


नेपाली कांग्रेसमा कुनै पनि कुरा गर्न सर्वप्रथम जिल्लामा अनुशासन समितिमा जानुपर्छ । त्यहाँ निवेदन दिनुप¥यो । त्यो अनुशासन समितिले निवेदन उपर छानबिन गर्छ, अनि यसपछि माथिल्ला तहको प्रदेश र केन्द्रमा बोधार्थ गराउनुपर्छ । तर, योभित्र कुनै पनि कुरा अगाडि बढेको थाहा छैन ।


मलाई जुन आरोप लगाइएको छ, जुन विषयमा आरोप लगाइएको छ, अन्तर्घात भनेर मलाई केही थाहा छैन । अन्तर्घात भन्ने कुरा कुनै व्यक्तिले चाहेर भन्ने हुँदैन । कुनै पनि ठाउँमा पार्टीले छलफल गरेर कारबाही गर्ने हो मेरोविरुद्धमा उजुर दिनेहरुलाई पनि मेरोभन्दा ठूलो कारबाही गर्नुपर्ने स्थिति होला !

Advertisement


उम्मेदवार भएर चुनाव लड्दा एउटा पदमा हुन्छौं । यो निर्वाचनमा हामी गठबन्धनबाट थियौं । एक त हाम्रो सबै ठाउँमा उम्मेदवार थिएनन् । कास्की जिल्लामा ९ वटा निर्वाचन क्षेत्रमा छन् । गठबन्धनका उम्मेदवारलाई जिताउन जिल्लाकै सभापतिको नेतृत्वमा संयोजक हुने भन्ने थियो ।


हाम्रो सभापति संघमा चुनाव लडिरहँदा नेपाली कांग्रेसको मात्र उम्मेदवार होइन । उहाँ गठबन्धनको उम्मेदवार हो । उहाँले १ मा टिकट पाउनुभयो । उहाँ आफू मात्र उम्मेदवार होइन । गठबन्धनको उम्मेदवार हो । उहाँ उम्मेदवारमात्र होइन, कास्की कांग्रेसको सभापति पनि हो । गठबन्धनबाट चुनावमा जाँदा सिंगो गठबन्धनलाई कति व्यवस्थित गर्नुभयो ? गठबन्धनका कार्यकर्ता, भातृ संगठन, मतदाता र शुभचिन्तक संस्थाहरुलाई कति व्यवस्थति गरेर परिचालित गर्नुभयो ?


पार्टीका माधिवेशनका महासमिति सदस्यहरु, पार्टीका अग्रज नेतालाई कसरी व्यवस्थित गरेर जानुभयो ? स्वयं कास्की सभापतिले सक्नुभएन । सिंगो गठबन्धनका उम्मेदवारहरुलाई मत माग्ने कुरामा उहाँ कति राजनीतिक रुपमा साझा भएर जानुभयो ? कति जिम्मेवारीपूर्वक रुपमा भूमिका निर्वाह गर्नुभयो ? हामीले संघ मात्र होइन, स्थानीय चुनाव लडिरहँदा उहाँको नेतृत्वले गठबन्धन गर्दैनांै भनेर निर्णय गरेर माथि लैजानुभयो ? यसका कारणले हामीले पोखरा महानगरपालिकाको उपमेयरमा हार व्यहो¥यौं । सँगैसँगै जिल्ला समन्वय र वडाध्यक्षहरु गुमाएका छौं ।


स्थानीय निर्वाचनमा एकाध मान्छेले होटल र रेस्टुरेन्टमा बसेर पार्टी चलाएकाले स्थानीय तह गुमाएका छौं । यो सबै करा भइरहँदा संघ र प्रदेशको चुनाव भएको पनि आज डेढ महिना बढी भयो । स्थानीय तहको निर्वाचन परिणामको समीक्षा बैठक आज ८÷९ महिना भइसक्दा पनि गर्न सक्नुभएको छैन । हामी ती कमजोरीहरुलाई लुकाउँदै संघ र प्रदेशको चुनावमा गयौैं । चुनाव सकिएको पनि २ महिना भइसक्दा एउटा पनि समीक्षा बैठक राख्नुहुँदैन ।


उहाँ सभापति भएपछि पार्टीको नियमित बैठक हुन सकेका छैनन् । बैठक चलाउन नसकेर खेतखेतमा गएर काठमाडौं गएका मान्छेलाई टिकट काटेर ल्याएर दिउँसो ११ बजे बोलाइएको मिटिङ दिउँसो ४ बजे चाँखे थापेर माइन्यूटमा हस्ताक्षर गर्न लगाइएको छ । यही पनि कोरम पुर्या‍उन मुस्किल छ । मेरो कमजोरीहरु पार्टी अनुशासनको कारबाही गर्ने कुरा राजनीतिक रुपले मैले स्वीकार्छु । तर, जिल्लाको नेतृत्वले गरेका कमजोरी भोलि गएर पार्टीले कारबाही गर्छ कि गर्दैन ?


उहाँलाई अनुशासनको कारबाही गर्न निवेदन प¥यो भने कारबाही गर्ने कि नगर्ने ? उहाँको कमजोरीले सिंगो संगठनलाई कमजोर बनाएको छ । मेरो व्यक्तिगत कमजोरी हुन सक्छ । तर, उहाँले गरेको कमजोरीहरु सिंगो कास्की कांग्रेसको कमजोरी हो । म आफू नचल्न सक्छु । उहाँ नचल्दा त सिंगो संगठन चल्दैन ।


उहाँ चुनावमा व्यवस्थित भएर नजाँदा सिंगो गठबन्धन व्यवस्थित भएर गएन । यो सबै कुराका समीक्षा गरेर जान र आफ्ना गल्ती लुकाउनका लागि अमूक कसैलाई कारबाही गर्ने निवेदन हालेर चोखिन खोज्नुभएको हो भने ठिक छ ।


म त एउटा जिम्मेवार मान्छे, कार्यकर्ताको चाहना, भावना बुझेको छु । संगठनको मर्म बुझेको छु । संगठनमा लामो काम गरेर तलबाट काम गरेर यहाँ आइपुगेको छु ।


पार्टीले ममाथि लगाइएका आरोपहरु पार्टी संगठनलाई ठेस नपुग्ने गरी फेस गर्न तयार छु । तर, सँगैसँगै नेतृत्वले गरेका आधार र अरुलाई आरोप लगाएर उहाँ उम्किन कसरी पाउनु हुन्छ ? उहाँले जिम्मा लिने कि नलिने ? पार्टीको नेतृत्वमा बसेको मान्छेले हिजो के बोलेको थिएँ, के गर्छु भनेको थिएँ भनेर मूल्यांकन गर्नुपर्दैन ?


एउटा मान्छे चुनावमा हारजीतका कुरालाई लिएर सिंगो संगठनमा लागेका मान्छेलाई बदनाम गरेर स्वाँठ बनेर विद्वान हुँ भन्न मिल्छ ?


उहाँले अराजनीतिक कुरालाई नियन्त्रण गर्नुपर्दैन ? इमान्दार भएर निष्ठाको राजनीति गर्नुपर्दैन ? एउटा मान्छे ह¥यो भने कसैका घरमा आगो लगाउँदै हिँड्ने, ढुंगा हान्दै हिँड्ने ? बाटो घाटा छेक्दै हिँड्यो भने कोही मान्छे रानीतिमा लाग्छ ? मलाई जोडेर लगाइएका आरोपहरुले, कुनै पनि घटनाले निष्क्रिय पनि हुँदिन । म मेरो पार्टीमा, संगठनमा राजनीतिक फेस गर्न तयार छु ।

आरोप भोलि आधिकारिक रुपले आइसकेपछि मेरो जवाफ दिने र जसले मलाई आरोप लगाएको छ, उसलाई प्रश्न गर्ने कुरा म त्यहीँ बेला गर्छु ।

कृष्ण केसीलाई कांग्रेसको साधारण सदस्यबाट समेत निस्कासन माग्दै उजुरी

तपाईको प्रतिक्रिया