प्रधानमन्त्रीको निजी सचिवमा पोखराका ढुंगाना

पोखरा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा सहसचिव नवराज ढुंगाना नियुक्त भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका सहसचिव ढुंगानालाई सोमबार(हिजो) कार्यालयले निजी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सहसचिवमा वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय दलित आयोग, महालेखा नियन्त्रकको कार्यालय र वीरगन्ज भन्सारमा काम गरेका ढुंगाना वीरगन्ज भन्सारमा रहँदा कृषि औजार कारखानाको सञ्चालक समितिको अध्यक्षसमेत भई काम गरेका थिए । ढुंगाना कुनै बेला पोखरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत थिए । उनी पोखरा ३२ का बासिन्दा हुन् ।
यसअघि उपसचिव बस्दै आएकोमा प्रधानमन्त्रीको निजी सचिवालय प्रभावकारी बनाउन भन्दै सहसचिवलाई राखिएको सचिवालय स्रोतले बताएकाे छ । मन्त्रीहरूको निजी सचिव पनि उपसचिव र प्रधानमन्त्रीको पनि उपसचिव नै हुँदा कता कता नमिलेकोले सहसचिव राख्दा ठिकै भएको स्रोतको भनाई छ ।
मन्त्री तथा प्रधानमन्त्रीको निवासमा स्वकीय र मन्त्रालय तथा कार्यालयमा निजी सचिवालय रहने व्यवस्था छ । सचिवालय अधिकृतमा मोहदत्त अधिकारी आएका छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया