एसओएस विद्यालयमा खेलकुद

समाधान संवाददाता २०७९ पुष २२ गते १४:५०

पोखरा ।
पोखराको रामबजारस्थित एसओएस हरमन माइनर विद्यालय गण्डकीको ३९ औँ खेलकुद बिहीबारबाट सुरु भएको छ । त्रिदिवसीय खेलकुद समारोह गण्डकी प्रदेशका सांसद भीम कार्कीले सुरुआत गरे ।

सांसद कार्कीले अभिभावकविहीन, अनाथ र असहाय बालबालिकालाई संरक्षण प्रदान गरी पालनपोषण र शिक्षादीक्षा प्रदान गर्दै आएको एसओएस बालग्रामले वहन गर्दै आइरहेको जिम्मेवारीप्रति सराहना व्यक्त गरे । विद्यालयले आयोजना गरेको खेलकुद प्रतियोगिताले विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने सांसद कार्कीको धारणा छ ।

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले नियमित अध्ययनसँगै बालबालिकाको शारीरिक तन्दुरुस्ती र संवेगात्मक सन्तुलित विकासका लागि खेलकुद कार्यक्रम आयोजना गरिएको बताए ।

Advertisement

समारोहमा पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाँ, एसओएस बालग्राम पोखराका परियोजना निर्देशक लोब्स्याङ ग्याल्सेन, एसओएस स्कुल पोखराका प्रधानाध्यापक फुर्बू थिन्ले, छोरेपाटनस्थित एसओएस व्यावसायिक तालिम केन्द्रका निर्देशक थुप्तेन स्याम्फेल, एसओएस युवालय गण्डकी उपनिर्देशक बाबुराम बराल, एसओएस बालग्रामका उपनिर्देशकद्वय राजेन्द्र रेग्मी र भवानी बराल, एसओएस स्कुल गण्डकीका शिक्षक तथा कर्मचारी कल्याणकारी युनियनका अध्यक्ष टीकाराम सुवेदी, एसओएस बालग्रामकी आमा प्रतिनिधि सीता केसी लगायतले बोलेका थिए ।

समारोहमा विभिन्न दूरीका दौड, रिले दौड, लङ्जम्प लगायतका अन्तरसदनात्मक खेल भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया