पोखरा महोत्सवमा चुस्त सुरक्षा

पोखरा ।
एघारौं पोखरा महोत्सवमा सुरक्षा व्यवस्था चुस्त पारिने भएको छ । आगामी पुस २७ देखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सुरक्षामा कुनै किसिमको कसर बाँकी नराख्ने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले प्रतिवद्धता गरे ।
महोत्सव आयोजक युनाइटेड क्लबका पदाधिकारीसँगको छलफलमा प्रमुख जिल्ला अधिकारी केसीले पोखरा महोत्सवको सुरक्षाका लागि कास्कीका चार वटै सुरक्षा निकायलाई महोत्सव स्थलमा खटाइने जनाए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोली महोत्सव अवधिभर सुरक्षामा लाग्ने उनको भनाइ छ ।
युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक कामसँगै पोखरामा खुला चिडियाखाना निर्माणमा पहलकदमी गर्दै आएको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अजय केसीले महोत्सवको सुरक्षाका लागि सबैसँग सहकार्य गरी काम गर्ने बताए ।
युनाइटेड क्लबका कार्यसमिति सदस्य तथा सुरक्षा व्यवस्थापन उपसमिति संयोजक विष्णुकुमार गुरुङले महोत्सवको सुरक्षाका लागि सुरक्षा निकायसँगै निजी सुरक्षा कम्पनीहरुसँग सहकार्य गरिने सुनाए ।
क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि बढिरहदा विगतका महोत्सवलाई जस्तै गरी प्रशासनबाट सहयोगको अपेक्षा राखे । क्लव अध्यक्ष राजु श्रेष्ठले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।









महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
विद्यार्थीलाई साइबर अपराधबाट जोगाउन सचेतना अभियान
आर्थिक सुधार गर्दै मझेरी सहकारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया