गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिने

पोखरा ।
गण्डकी प्रदेशका नवनियूक्त मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते शुक्रबार विश्वासका मत लिने भएका छन् । मंगलबार बसेको दोस्रो मन्त्रिपरिषद्को बैठकले पुस २९ गते विश्वासको मत लिने निर्णय गरेको विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताए ।
‘अब सरकारले आफ्नो काम गर्न ढिलाइ गर्नुहुँदैन । तत्काल विश्वासका मत लिने यसपछि मन्त्रीपरिषद् बैठक विस्तार गरेर जनताको काम गर्न सुरु गर्नुपर्छ भनेर मुख्यमन्त्रीले छिटै विश्वासको मत लिने निर्णय गर्नुभएको हो,’ मन्त्री चुमानले भने ।
मुख्यमन्त्री अधिकारीले सोमबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष ३३ सांसदको समर्थन लिएर दाबी पेस गरेका छन् । एमालेका २२, माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का २ र एकीकृत समाजवादीको १ गरी ३३ सांसदको समर्थन पाउने अधिकारीको िवश्वास छ । गण्डकीमा पहिलो भएको नेपाली कांग्रेसका २७ सिट छन् । अधिकारीले विश्वासको मत पाउन ३१ सांसदको मत पाउनुपर्छ ।
तपाईको प्रतिक्रिया