परोपकार महासंघको महाउत्सव

पोखरा ।
राष्ट्रिय परोपकार महासंघ नेपालको १५ औं वार्षिकोत्सव एवं ५ औं महाधिवेशनको अवसरमा आयोजित श्रीमद् भागवत माघेसंक्रान्ति महाउत्सव सुरु भएको छ । मंगलबार सुरु भई माघ ४ गतेसम्म सञ्चालन हुने कार्यक्रमको उद्घाटन सत्रको कार्यक्रम अन्तर्गत शोभायात्रा सहितको औपचारिक कार्यक्रम आश्रम परिसरमा सम्पन्न भएको छ ।
पञ्चेबाजा सहित विभिन्न आमा समूह, ज्येष्ठ नागरिक समूह, परोपकार नगर, वडा, जिल्ला एकाइ समूहहरुको सहभागितामा राष्ट्रिय परोपकार महासंघ नेपालको केन्द्रीय कार्यालय आश्रम परिसरबाट सुरु शोभायात्रा महतगौडा, रातो पैह्रा, तिनकुने नयाँगाउँ हुँदै कोलपाटन फलेपाटन टुटुंगा हुँदै परोपकार आश्रममा आएर टुंगिएको थियो ।
उद्यमी प्रेमकुमारी केसीले संस्था स्थापनाकालदेखि हालसम्म केसी ग्रुप अफ कम्पनीको सम्बन्ध संस्थाको उन्यनमा स्वः समाजसेवी उद्योगी सूर्यबहादुर केसीको भूमिका स्मरण गरिन् । आगामी दिनमा परोपकारले सञ्चालन गर्ने अभियानमा आफ्नो भूमिका अझ सशक्त भएर जाने प्रतिबद्धता व्यक्त गरिन् ।
संस्थाका परिकल्पनाकार संरक्षक अध्यक्ष भागवत भाष्कर कमल नयन गौतमले कार्यक्रमको उद्देश्य सहित पुस २९ गते ५ औँ अधिवेशनको आव्हान सहित उद्घाटन सत्रको कार्यक्रम समापन भएको जानकारी प्रस्तुत गरे । कार्यक्रम सञ्चालन संस्थाका केन्द्रीय उपाध्यक्ष एवं कार्यवाहक महासचिव विष्णुप्रसाद पौडेलले गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य अतिथि पूर्व केन्द्रीय उपाध्यक्ष एवं सल्लाहकार ललितबहादुर भण्डारीले राखेका थिए । वडा एकाईको प्रतिनिधित्व गर्दै वडा एकाई १५का अध्यक्ष कृष्णबहादुर खत्रीले शुभकामना दिए । जिल्लाहरुको प्रतिनिधित्व गर्दै कास्की जिल्ला अध्यक्ष डिल्लीराम लामिछानेले शुभकामना व्यक्त गरे ।
पत्रकार सुष्मा पौडेल, वरिष्ठ समाजसेवी, प्रजातन्त्र सेनानी लीलाभक्त आचार्य लगायतले कार्यक्रम सफलताको शुभकामना सहित आफ्नो मन्तव्य राखे ।
तपाईको प्रतिक्रिया