सिद्धार्थ क्लबद्वारा २ विद्यालयमा शैक्षिक सामग्री वितरण

समाधान संवाददाता, पोखरा
सिद्धार्थ क्लब पोखराले पोखरा २१ कृस्तिमा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले बयेली आधारभूत विद्यालय र बक्रेक आधारभूत विद्यालयका ६९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
सिद्धार्थ क्लबका अध्यक्ष विनोदप्रसाद श्रेष्ठले नेपाल सरकारको विद्यालय भर्ना अभियानलाई सहयोग गर्न, सरकारी तथा सामुदायिक विद्यालयमा बालबालिकाको संख्या वृद्धि गर्न सहयोगी हुने विश्वास व्यक्त गरे ।
बयेली आधारभूत विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष बुद्धिबहादुर थापाले सरकारी विद्यालयमा बालबालिकाको आकर्षण वृद्धि गर्न र विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरणमा आफूहरुले पनि सहयोग गरिरहेको उल्लेख गरे ।
बयेली आधारभूत विद्यालयका प्रधानाध्यापक यमनाथ सुवेदी र बक्रेक आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रसिंह कार्कीले अघिल्लो वर्षको तुलनामा विद्यार्थी भर्नादर वृद्धि भएको जानकारी दिए ।







सम्पादकीय—अर्थतन्त्रका चुनौतीहरु
जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया