कालिका प्राध्यापक संघमा रवीन्द्र

पोखरा ।
कालिका बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाइ समितिको बुधबार भएको अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चुनेको छ । रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा सूर्यराज पौडेल, सचिवमा सन्तोषमणि लामिछाने, कोषाध्यक्ष साम्राज्ञी थापा र सहसचिवमा चुनबहादुर राना छन् ।
सदस्यमा लोकनाथ सुवेदी, नवराज लम्साल र शिशिर ज्ञवाली छन् । सभाले समितिक बाँकी सदस्य र केन्द्रीय समितिको प्रतिनिधि चयन गर्ने जिम्मेवारी नव निर्वाचित कार्यसमितिलाई दिएको छ ।
पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालको केन्द्रीय समितिको निर्देशन अनुरुप कालिका बहुमुखी क्याम्पस प्राध्यापक संघले निर्धारित समयमै अधिवेशन गरेको सचिव सन्तोषमणि लामिछानेले बताए । पोखरा महानगरपालिका वडा नंं १४ स्थित कालिका बहुमुखी क्याम्पस प्राध्यापक संघ पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालसँग आवद्ध छ ।
कालिका बहुमुखी क्याम्पसका प्राध्यापक संघका सभापति रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख बीरन्जी गौतम, सहायक क्याम्पस प्रमुख युवराज गुरुड र सालिकराम तिमिल्सिना, गुप्तेश्वर बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष लेखनाथ बराल, सचिव सूर्यराज पौडेल लगायतले बोेलेका थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया