पाेखरा १६ नौधारेमा माघेसंक्रान्ति मेला हुने

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मला रिंजे (रञ्जित गाउँ)मा रहेको नौधारे सिद्धबाबा युवा क्लबले माघे संक्रान्ति मेला गर्न लागेको छ । क्लबले पुस २८ देखि माघ १ गतेसम्म ६६ औं पटक मेला गर्न लागेको अध्यक्ष शम्शेर गुरुङले जानकारी दिए । मेलामा भलिबल, ठेलो हान्ने प्रतियोगिता राखिएको छ । मेलामा सांस्कृतिक प्रस्तुतिसमेत रहने अध्यक्ष गुरुङले बताए ।
‘२०१३ सालदेखि गर्न लागेको मेलाको सुरुवातको अवधिमा ठेलोमात्र हानिन्थ्यो । नौधारामा नुहाएर सिद्धबराह मन्दिरको दर्शन गरी तरुल खाने मासको टीका लगाउने चलन थियो,’ उनले भने, अहिलेको मेलामा भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम राखिएको छ ।’ उनले २०७४ सालदेखि मेलालाई वृहत रुपमा मनाउन थालिएको बताए । उनले अर्गानिक कृषि, बाख्रापालन, होमस्टे सञ्चालन भएको जानकारी दिए ।
क्लबका सदस्य सन्दीप गुरुङले भलिबलमा प्रथम हुनेलाई ५१ हजार र दोस्रो हुनेलाई ३० हजार पुरस्कारको व्यवस्था गरेको बताए । उनले ठेलो संघ गण्डकीको सहयोगमा हुने ठेलो प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार र दोस्रो हुनेलाई ५ हजार पुरस्कारको व्यवस्था गरेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया