अधिकारी वंशावली विमोचन

समाधान संवाददाता, पर्वत
वागलुङ जिल्लाका कश्यप गोत्रीय अधिकारीको वंशावली पुस्तकको विमोचन गरिएको छ । कश्यप गोत्रीय अधिकारी बन्धु प्रतिष्ठान बागलुङले प्रकाशन गरेको पुस्तक प्रतिष्ठानका केन्द्रीय सदस्य गोविन्द अधिकारीले विमोचन गरेका हुन् ।
पुस्तक विमोचनपछि उनले वंशावली पुस्तक कश्यप गोत्रीय अधिकारीको इतिहास कोरिएको बताए । देशभर छरिएका अधिकारीलाई वंशावली खोजी गरी एकताबद्ध हुनसमेत उनले आग्रह गरे । झापाबाट सुरु भएको अधिकारीको इतिहासको खोजी कार्य अहिले केन्द्रीय पुस्तक प्रकाशन गर्ने तयारीमा पुगेको उनले जानकारी दिए ।
यसैबीच प्रतिष्ठानका केन्द्रीय सदस्य गोविन्द अधिकारी, ज्येष्ठ सदस्यहरु भद्रकली अधिकारी र कृष्णकुमारी अधिकारी, एकल महिला पम्फाकुमारी अधिकारी, स्थानीय छमबहादुर अधिकारी, टोपबहादुर अधिकारी, गुञ्जबहादुर अधिकारी लगायतलाई सम्मान गरिएको थियो ।







जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया