रेडक्रस कास्की सभापतिमा डण्डराज
समाधान संवाददाता
२०७९ पुष ३० गते १८:५९

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको शनिबार १० औं निर्वाचन अधिवेशन भएको छ । अधिवेशनबाट सभापतिमा डण्डराज शर्मा पौडेल निर्विरोध भएका छन् । लामो समयदेखि रेडक्रसमा काम गरेका शर्मा यसअघि उपसभापति थिए ।
उपसभापति खुलामा धर्मराज अधिकारी, उपसभापति महिलामा उर्मिला खड्का, मन्त्री सुरेन्द्र गुरुङ र उपमन्त्री रमा कोइराला निर्विरोध भएको रेडक्रस सोसाइटी कास्की शाखाका कार्यालय प्रमुख मोहनसिंह खड्काले जानकारी दिए ।
रेडक्रस सोसाइटी कास्की शाखाको कोषाध्यक्ष, उपकोषाध्यक्ष, कार्यसमितितर्फ महिला सदस्य र खुला सदस्यका लागि भने सर्वसम्मत हुन नसकेपछि मतदान भएको छ । कोषाध्यक्ष र उपकोषाध्यक्षमा २÷२ जनाको उम्मेद्वारी परेको छ ।
महिला सदस्य ३ जनाका लागि ६जना र खु ला सदस्य ६ जनाका लागि २३ जनाको उम्मेद्वारी परेको कार्यालय प्रमुख खड्काले बताए ।
सम्बन्धित









कसले मार्ला बाजी ?
‘नेपाली कांग्रेससँग अब विशेष महाधिवेशनमा जानुबाहेक विकल्प छैन’
रविको ६० लाख धरौटी आदेश सदर
सम्पादकीय—प्रेस स्वतन्त्रताको कसीमा २०२५
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया