विमान दुर्घटना: उद्धारमा कठिनाइ, शव निकाल्ने क्रम जारी

समाधान संवाददाता २०७९ माघ १ गते १२:३१

पोखरा ।
आइतबार पोखरामा भएको विमान दुर्घटनामा हालसम्म ३२ जनाको शव निकालिएको छ । शव निकालिएको मध्ये अधिकांश शव जलेको अवस्थामा छ ।

विमान खौंचमा खसेको कारण उद्धारमा कठिनाई भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रजिअ टेकबहादुर केसीले जानकारी दिए । उद्दारमा कठिनाई भइरहेका छ, हामी उद्दारमा जुटिरहेका छौं,’ उनले भने ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया