दरौंखोला सामीप्य समाजमा बोधराज

पोखरा ।
दरौंखोला सामीप्य समाज पोखराको दोस्रो अधिवशन तथा पाँचौं साधारण सभाले बोधराज गौतमको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा गंगाराम पौडेल, सचिव नम रोका, सहसचिव वीनिता घिमिरे र कोषाध्यक्षमा रामबहादुर क्षेत्री छन् ।
सदस्यमा मीना अधिकारी, छविलाल जिसी, झक रोका, मञ्जु कार्की, मीनप्रसाद तिवारी र सोवित रोका छन् । जनसम्पर्क समितिको संयोजक क्याप्टेन मीनबहादुर कार्की, सहसंयोजक डिल्लीराम घिमिरे, सचिवालय संयोजकमा शोभित खड्का, दिदीबहिनी क्वालिटी सर्कल संयोजकमा मीना अधिकारी, सहसंयोजक मञ्जु कार्की, लेखा समिति संयोजकमा शिव अर्याल, सहसंयोजक कमल अर्याल, भजन कीर्तन संयोजकमा नारायणदत्त अर्याल चुनिए ।
संस्थाका अध्यक्ष शोभित खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक घनश्याम रिजाललेसमाजको बहुउद्देश्यीय भवन निर्माणका लागि सहकार्य गर्न आग्रह गरे । सभामा प्राडा कृष्ण कोइराला,बाल प्रभात बोर्डिङ स्कुल र लेखा संयोजक शिव अर्याललाई सम्मान गरिएको छ ।
संस्थाका संरक्षक रामेश्वर अर्याललाई संरक्षकको प्रमाणपत्र प्रदान गरियो । कार्यक्रमको पहिलो सत्रमा युवाको तर्फबाट बालकृष्ण घिमिरे, सल्लाहकार होतबहादुर रोका, संरक्षक रामेश्वर अर्याल, अनुजा गौतम, उपाध्यक्ष बोधराज गौतम र सचिव डोलराज अर्यालले बोलेका थिए ।
पोतप्रसाद अर्याल संयोजक र शिवप्रसाद अर्याल र डिल्लीराम अर्याल सदस्य रहेको निर्वाचन मण्डलले नयाँ नेतृत्व चयनका लागि सहजीकरण गरेको थियो ।









तथ्यांक दिवस मनाइयो
समानुपातिकमा गण्डकी उपेक्षित
ङयोए तमु धिमा १ करोडको सभाहल
कसले मार्ला बाजी ?
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया