पोखराका विप्लव र भरत होटल संघको केन्द्रिय सदस्यमा निर्बाचित

समाधान सम्वाददाता, पोखरा
नेपाल होटल संघको ४६ औं महाधिवेशन नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ । राजधानीमा विहिबार सम्पन्न महाधिवेशनले सृजना राणाको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको छ ।
नवनिर्बाचित कार्य समितिमा पोखराका पर्यटन व्यवसायी विप्लब पौडेल र भरत पराजुली केन्द्रिय सदस्यमा निर्बाचित भएका छन् । बाराही हस्पिटालिटी ग्रुपका पौडेल खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा निर्बाचित भएका हुन भने होटल पिस प्लाजाका पराजुली पश्चिमाञ्चल होटल संघको प्रतिनिधिका रुपमा केन्द्रिय सदस्यमा निर्बाचित भएका हुन ।
सर्बसम्मत रुपमा चयन भएको केन्द्रिय कार्य समितिको प्रथम उपाध्यक्षमा विनायक शाह, द्धितिय उपाध्यक्षमा प्रविण पाण्डे, महासचिवमा साजन शाक्य र कोषाध्यक्षमा विशाल कुमार निर्बाचित भएका छन् । नेपाल होटल संघमा देशभरका करिब तीन हजार पर्यटकीय होटल व्यवसायीहरु सदस्य छन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया