साइत हेरेर सरकारी निवास सरे मुख्यमन्त्री अधिकारी

समाधान संवाददाता २०७९ माघ ४ गते १०:५२

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी सरकारी निवासमा सरेका छन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएर सोही दिन सपथ लिएका उनी हालसम्म निजी घरमा बस्दै आएका थिए । कास्कीकाे बेगनासमा जन्मेका उनको हालको बसाइ पोखरा १३, भद्रकाली मन्दिर नजिकै हो ।

Advertisement

बुधबार बिहान ७ बजेको साइत पारेर निवास प्रवेश गरेका मुख्यमन्त्री अधिकारीले पूजाआजा पनि गरे । पूजाआजापछि झन्डोत्तोल गरेर निवास प्रवेश गरेका थिए । पोखराको राष्ट्रबैंक चोक नजिकै रहेको मुख्यमन्त्री निवासको सामान्य मर्मत र रंगरोगन गरिएको छ ।

भान्छा, बेडरुम, शौचालय र सेफ्टि ट्यांकी मर्मत गर्नुपर्ने भएकाले केही दिन लागेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । भौतिक मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालयले भवनको मर्मत सम्भार गरेको हो ।

पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुस २६ गते सरकारी निवास छाडेर गैंडाकोट फर्केका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया