ब्रह्मरुपा स्कुलको वार्षिकोत्सव

लेखनाथ ।
देशका लागि योग्य र सक्षम नागरिक उत्पादनका लागि प्राविधिक शिक्षा आजको आवश्यकता रहेको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले बताएका छन् । पोखरा ३२ को राजाको चौतारामा रहेको व्रह्म रुपा मााध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव एवं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा उनले व्यवहारिक र प्राविधिक शिक्षाको आवश्यकतामा जोड दिएका हुन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गालाल पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय निरीक्षक विश्वराज आचार्य, लक्ष्मी माविका प्रधानाध्यापक जगन्नाथ अधिकारी, नेपाल शिक्षक संघ कास्की अध्यक्ष रमेश भट्टराई, विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष चिरञ्जीवी तिवारी, शिक्षक अभिभावक संघका अध्यक्ष भोजराज पौडेल, शिक्षक विश्वमोहन पौडेल, छात्रा दिप्ती खनाल लगायतले बोलेका थिए ।
प्रधानाध्यापक जनार्दन सुवेदीले आर्थिक विवरण, भावी रणनीति र योजना प्रस्तुत गरे । उनले कास्की जिल्लाकै सूचना प्रविधि मैत्रीे विद्यालयको रुपमा अगाडि बढाउँदै आगामी वर्षदेखि विद्यालयमा यातायातको सुविधा बढाउँदै कक्षा ११ र १२ मा विज्ञान विषयको अध्यापन गर्नका लागि पूर्वाधारको व्यवस्था गरिएको बताए ।
कार्यक्रममा शैक्षिक सत्रका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । वि.स. २०१८ मा स्थापना भएको यो विद्यालयमा हाल ८ सयभन्दा बढी विद्यार्थी र ४७ जना शिक्षक कर्मचारी छन् । यहाँ प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियर अन्तर्गत कक्षा ९ देखि १२ सम्म र साधारणतर्फ नर्सरीदेखि १२ कक्षासम्म पढाइ हुन्छ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया