पोखरा महोत्सवमा साढे ३ करोड करोबार

पोखरा ।
पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा सातौं दिनसम्म आइपुग्दा साढे ३ करोड कारोबार भएको छ । ८० हजार दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरेको महोत्सवका अर्थ तथा स्टल व्यवस्थापन उपसमिति संयोजक सूर्यबहादुर बानियाले जानकारी दिए ।
महोत्सवमा विशेष गरी जाडो यामका सामग्री, घरायसी प्रायोजनको सामाग्री, विद्युतीय प्रयोजनका सामग्रीसँगै तरकारीको बिक्री, वितरण भएको छ । अवलोकनका लागि आउने दर्शकले निशुल्क स्वास्थ्य जाँचको समेत सेवा पाउने भएका छन् ।
महोत्सवमा आउने दर्शकलाई लक्षित गरी आयोजक युनाइटेड क्लबले लाइफ केयर डाइनोस्टिक सेन्टर न्युरोड, मेडिप्लस हस्पिटल एन्ड ट्रमा सेन्टर रानीपौवा र नरहरि पोलिक्लिनिक रामबजारको सहयोगमा निशुल्क रुपमा सुगर र प्रेसरको चेकजाँचको व्यवस्था मिलाएको महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
प्रेसर र सुगरसँगै महोत्सवमा आउने दर्शकले तीनवटै स्वास्थ्य संस्थाबाट अन्य चेकजाँचमा ५० प्रतिशत छुट पाउने महोत्सवका प्राथमिक उपचार संयोजक नरहरि पनेरुले जानकारी दिए । महोत्सवको सातौ दिनमात्रै २ सय जनाले सुगर निशुल्क परीक्षण गरेका छन् ।
महोत्सवमा मंगलबार चर्चित लोकदोहोरी गायिका प्रिती आलेले लोकदोहोरीमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिन् । सँगै लोकदोहोरी कलाकार जीवन दाहाल, शिवहरि ढुंगाना, निश्चल दवाडी, मञ्जु विक, सरीता सारुमगर, टस गुरुङ, तुलसा जिसी लगायतले पनि प्रस्तुति राखे । साँझको लाइभ कन्सर्टमा झिल्के एन्ड द कम्पनीको प्रस्तुति रह्यो ।
बुधबार लोकदोहोरीतर्फ बद्री पंगेनी, जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङ लगायतको प्रस्तुति रहनेछ भने साँझको लाइभ कन्सर्टतर्फ एएसएमको प्रस्तुति रहनेछ । महोत्सवमा जारी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा मेट्रोपोलिटन एकेडेमी र भ्युप्वाइन्ट बोर्डिङ स्कुल अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
बुधवार कालिका मावि, राष्ट्रिय मावि, कास्की मोडनाइज एकेडेमी, टप्स बोर्डिङ स्कुल, अमरसिंह मावि र बेसलाइन एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया