अपराधमा प्रविधि, अनुसन्धानमा चुनौती

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा सञ्चालित साइबर अपराध अनुसन्धान अनुशिक्षण छैंटौ समूहको तालिम पूरा भएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडाैंको तत्चावधानमा भएको तालिम गत १९ गते सुरु भएको थियो । तालिममा गण्डकी प्रदेश अन्तर्गत विभिन्न प्रहरी कार्यालयका २९ जना सिनियर तथा जुनियर प्रहरी अधिकृत सहभागी थिए ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दानसिंह बोहोराले आपराधिक कार्यमा प्रविधि प्रयोगले अनुसन्धान चुनौतीपूर्ण भइरहेको बताए । उनले अनुसन्धान कार्यमा प्रविधिलाई अभ्यस्त गर्दै लैजानुको विकल्प नरहेको धारणा राखे ।
तालिमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै तालिम संयोजक प्रहरी निरीक्षक विष्णु विकले दिन प्रतिदिन प्रविधि र विकासको पहुँचले आपराधिक क्रियाकलाप र त्यसको अनुसन्धान जटिल बन्दै गइरहेकाले साइबर अपराध अनुसन्धानका लागि यस्ता तालिमको आवश्यकता रहेको बताए । प्रविधिसँग जानकार प्रहरी जनशक्ति उत्पादनका लागि उक्त तालिम सञ्चालन गरिएको उनले प्रष्ट पारे ।
कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय पोखरा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्याल, क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्य, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना लगायत उपस्थित थिए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया