लेटरप्याड, छाप र साइनबोर्डमा प्रयोग हुने नाम फेर्ने प्रदेश सरकारको निर्णय

पोखरा ।
गण्डकी प्रदेश सरकारले सरकारी कागजात, लेटरप्याड, साइनबोर्ड तथा छापमा प्रयोग हुने नाम परिवर्तन गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को मंगलबारको बैठकले लेटरप्याड, छाप तथा बोर्डमा गण्डकी प्रदेश सरकार राख्ने निर्णय गरेको सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् ।
‘प्रदेश मन्त्रालय र मातहतका कार्यालयमा प्रयोग हुने लेटरप्याड, साइनबोर्ड तथा छापमा एउटै ढाँचा नभएको, कतै प्रदेश मन्त्रालय र कतै गण्डकी प्रदेश भएकाले यसलाई एकरुपता ल्याउन गण्डकी प्रदेश सरकार लेख्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको छ,’ उनले भने ।
यो निर्णयसँगै प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश, पोखराको स्थानमा अब गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पोखरा लेखिन्छ ।
साथै रिक्त रहेको प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विनोदविन्दु शर्मालाई नियुक्त गरिएको प्रवक्ता सुन्दासले बताइन् । उनले भनिन् ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा कार्यरत मेसु एघारौं तहको डा विश्वबन्धु बगाले अध्ययन विदामा हुनुहुन्छ, त्यो पद रिक्त थियो, सो रिक्त पदमा प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्मा कार्यरत डा. विनोटविन्द्रु शर्मालाई नियुक्त गर्ने निर्णय गरिएको छ ।’
तपाईको प्रतिक्रिया