बागलुङका घरघरमा फस्ट एड बक्स

ताराप्रसाद शर्मा
बागलुङ
बागलुङका घरघरमा फस्ट एड बक्स (प्राथमिक उपचार बाकस) को राख्ने अभियान थालिएको छ । नेपालमै पहिलो पटक ‘हरेक घर फस्ट एड बक्स’ अभियान सञ्चालन गर्न लागेको वेलनेस टिम बालुवाटार काठमाडौंले जनाएको छ ।
१६ किसिमका औषधी र औजार राखिएको ३ सय वटा बक्स धौलागिरि यातायात बस व्यवसायी समितिलाई हस्तान्तरण गरी वेलनेसले अभियान शुभारम्भ गरेको हो । २ सय वटा बक्स १ हजारका दरले समितिलाई किन्न लगाइएको हो भने १ सय वटा बक्स वेलनेसले स्वास्थ्य चौकी नभएको तथा दुर्गम क्षेत्रका गरिब जनताको घरमा राख्ने गरी प्रदान गरेको हो ।
बक्स हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष लक्ष्मी बास्कोटाले नेपाल मै पहिलो पटक सञ्चालित अभियानले सबैलाई स्वास्थ्यप्रति सचेत बन्न सहयोग पु¥याउने बताइन् । अभियान सुरुआत हुनुभन्दा निरन्तर गर्न सक्नु अभियानको सफलता हुने उनको भनाइ थियो ।
टिमका अध्यक्ष नितु खड्काले दुर्घटना हुँदा सामान्य उपचारका अभावमा ज्यान नजाओस् भन्ने उद्देश्यले प्राथमिक उपचार बक्स अभियान सुरु गरिएको बताइन् ।
बक्समा सामान्य उपचार रुघाखोकी, पखला, ज्वरो, बान्ता रोक्ने, औषधी रहेको र औषधीको प्रयोग गर्ने तरिकाका बारेमा जानकारी दिने पेपर राखिएको छ । खड्काले ७७ वटै जिल्लामा अभियान सञ्चालन गरिने बताइन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया