जनप्रतिनिधिको तलब शैक्षिक सुधारमा

कृष्ण न्यौपाने
दमौली
तनहुँको बन्दीपुर गाउँपालिका १ का अध्यक्ष भानुभक्त पोख्रेलले प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि आफ्नो तलब खर्च गर्ने भएका छन् । जनप्रतिनिधिहरु सुविधाभोगी र कमाउधन्दामा लागेको गुनासो आइरहेको बेला पोख्रेलले उपल्लोफाँटस्थित जनता प्राथमिक विद्यालयमा १ जना शिक्षक राख्नका लागि आफ्नो तलबमध्येबाट ७८ हजार सहयोग गरेका हुन् ।
प्राथमिक विद्यालयमा निजी दरबन्दीमा शिक्षक राख्न विद्यालयलाई समस्या परेपछि आफूले केही सहयोग गरेको वडाध्यक्ष पोख्रेलले जानकारी दिए । वडाध्यक्ष पोख्रेलले विद्यालयलाई सहयोग गर्ने ७८ हजारमध्ये ५० हजार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु घिमिरे र प्रधानाध्यापक माधव पोख्रेललाई बुधबार हस्तान्तरण गरेका छन् ।
माध्यमिक विद्यालयमा सबैको चासो भए पनि प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि कम मात्रामा चासो हुने गरेकाले आफ्नो तलब बापतको रकम प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि खर्च गर्ने उद्देश्य राखेको गाउँपालिकाका प्रवक्तासमेत रहेका पोख्रेलले बताए ।
उनले भने, ‘प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि धेरेको ध्यान जान सकेको छैन । मैले तलब बापतको १० हजार मासिक रुपमा प्राथमिक विद्यालयलाई दिने सोच बनाएको छु ।’ उनका अनुसार सोही वडाको ज्योति प्राथमिक विद्यालय र भङ्गेरी प्राथमिक विद्यालयलाईसमेत वार्षिक रुपमा २६÷२६ हजार सहयोग गरिनेछ । बन्दीपुर गाउँपालिका १ मा ३ वटा प्राथमिक विद्यालयमा सञ्चालनमा छ ।
ती सबै विद्यालयलाई आफू जनप्रतिनिधिमा बहाल रहेसम्म आर्थिक सहयोग गर्ने वडाध्यक्ष पोख्रेलले जानकारी दिए । उनले भने, ‘केही जनप्रतिनिधिको गतिविधिको कारण समग्र जनप्रतिनिधिलाई समाजले हेर्ने दृष्टिकोण राम्रो छैन । सबै जनप्रतिनिधि खराब छैनन् भन्ने सचेतना जगाउनु मेरो उद्देश्य हो ।’
जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक माधव पोख्रेलले वडाध्यक्षको सहयोगले निजी दरवन्दीमा शिक्षक राख्न र विद्यालयको शैक्षिक सुधारमा टेवा मिल्ने बताए । उनले भने, ‘निजी दरवन्दीमा शिक्षक राख्न विद्यालयसँग ठूलो स्रोत छैन । वडाध्यक्षको सहयोगले विद्यालय प्रशासनलाई राहत मिलेको छ ।’








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया