अफिन गण्डकीमा नयाँ नेतृत्व

पोखरा ।
एसोसिएसन अफ प्राइभेट हेल्थ ईन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीको दोस्रो अधिवेशनले डा गिरधारी शर्माको अध्यक्षतामा नयाँ समिति चुनेको छ । शर्मा सहारा अस्पतालसँग आवद्ध छन् ।
समितिको उपाध्यक्षमा चरक मेमोरियल हस्पिटलका कपिल पोखरेल, सचिवमा बिजी हस्पिटलका ऋषि खतिवडा र कोषाध्क्षमा कास्की मोडेल हस्पिटलका सूर्य पोखरेल छन् । सदस्यमा आमाबा हस्पिटलका डा सन्दीप गोरखाली, फेवासिटी हस्पिटलकी डा चन्डिका पन्डित, लमजुङ मोडेल हस्पिटलकी कल्पना पौडेल, वालिङ हस्पिटलका शोभाकान्त पौडेल र एपोलो हस्पिटलका चूडामणि दाहाल छन् ।
नयाँ समितिका आमन्त्रित सदस्यमा नमस्ते हस्पिटलका डा केशव शर्मा, ग्यालेक्सी हस्पिटलका दिपेन थापा, फेवासिटी हस्पिटलका दिनेशबाबु खड्का र कास्की सेवा हस्पिटलका ऋषिराम सापकोटा छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरालाई स्वास्थ्य पर्यटनको हब बनाउने गरी काम गर्नुपर्ने बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै भारत र चीनका समेत धेरै नागरिकलाई पोखरामा स्वास्थ्य उपचारका लागि आउने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्री अधिकारीले भने, ‘निजी क्षेत्र, सरकार र सहकारी क्षेत्र मिलेर गण्डकी प्रदेशको राजधानीलाई स्वास्थ्य पर्यटनको हब बनाउने गरी काम गरौ, त्यसका लागि गण्डकी प्रदेश सरकार समन्वय गर्न तयार छ ।’
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डुकबहादुर क्षेत्री, अफिन केन्द्रका अध्यक्ष डा पदमबहादुर खड्का, सम्मानित व्यक्तित्व डा कालु शर्मा लगायतले कार्यक्रममा बोलेका थिए ।
समारोहमा स्वास्थ्य क्षेत्रमा लामो समय सेवारत स्वास्थकर्मीलाई दीर्घसेवा सम्मान गरिएको थियो । डा कालु शर्मा, नर्स सरिता गुरुङ, फार्मेसिस्ट श्रीराम पराजुली, हरिबहादुर केसी, रेडियोलोजी क्षेत्रमा सेवारत शारदाप्रसाद न्यौपाने र अफिनका संस्थापक अध्यक्ष अशोक पालिखेलाई सम्मान गरिएको हो । अफिन गण्डकीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा कार्यक्रम भएको हो ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया