खोस्टाबाट वस्तु उत्पादन तालिम

समाधान संवाददाता २०७९ माघ ८ गते १३:४८

पोखरा ।
पोखरा ८ स्थित सिमलचौरमा रहेको महिला सिप विकास संस्थाको आयोजना र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, काठमाडौँको प्रयोजनामा सञ्चालित १५ दिने प्रशिक्षण शुक्रबार समापन गरिएको छ ।

३० महिलाको सहभागिता रहेको तालिम समापन कार्यक्रमको अध्यक्षता संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले गरेकी थिइन् । कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक लक्ष्मी जोशीले सहभागीलाई प्रमाण–पत्र वितरण गरिन् ।

जोशीले स्थानीय कच्चा पदार्थलाई मोहरमा परिणत गर्न तालिम महत्वपूर्ण हुने बताइन् । खोस्टाबाट फूल, बुके तथा गमला सजाउने अनेकौं वस्तु उत्पादन गर्न सकिने जानकारी उनले दिइन् ।

Advertisement

कार्यक री निर्देशक खड्काले प्रशिक्षार्थीहरुलाई तालिम सदुपयोग गर्न सुझाव दिइन् । कार्यक्रममा प्रशिक्षक तारा थापा, प्रशिक्षार्थी विष्णु गुरुङ, शान्तिमाया थापा, विष्णु बराल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया