पोखरा महोत्सवमा दर्शक बढ्दै
जटिल रोग संग जुध्दै आएकी महिला उद्यमी भट्टराई सम्मानित

पोखरा ।
अमरसिंह चौरमा जारी पोखरा महोत्सवको ११ औं दिन दर्शकको उल्लेख्य सहभागिता रह्यो । शनिबारमात्रै महोत्सवमा ५० हजारले अवलोकन गरे । एकै दिन करिब १ करोडको कारोबार भएको महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले बताए ।
महोत्सवमा सामाजिक व्यक्तित्व तथा महिला उद्यमीसमेत रहेकी लक्ष्मी शर्मा भट्टराई सम्मानित भएकी छन । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनमा काम गर्दै आएको युनाइटेड क्लबले महोत्सवमा आफ्नो स्वास्थ्य कार्यक्रम अन्तर्गत जटिल रोगसँग जुधिरहेकी पोखरा १७ निवासी भट्टराईलाई नगद र प्रमाण पत्र र दोसल्लासहित सम्मान गरेको हो ।
उनलाई क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुकबहादुर गुरुङ, क्लबका अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना लगायतले सम्मान गरे । सम्मानित भट्टराईले आफू क्यान्सर जस्तो रोगबाट ग्रसित भईरहदा विभिन्न ब्याक्ति तथा संघ, संस्थाको सहयोगले आत्मबल बढेको सुनाइन् ।
महोत्सवमा शनिबार चर्चित लोकदोहोरी गायक रामजी खाँडको प्रस्तुतीमा दर्शकले भरपुर मनोरञ्जन लिए । लोकदोहोरीतर्फ जीवन दाहाल, शिवहरि ढुंगाना, कृष्ण अखेली, सुदीप क्षेत्री, घनश्याम रिजाल, सुमन खड्का, सविना गुरुङ, माया केसी, पूजा गुरुङ लगायतको प्रस्तुतिमा दर्शक रमाए । पुरुषोत्तम भण्डारी (पुर्खे बा)को हास्य प्रहसन र साँझको लाइभ ब्यान्डमा भिटेनको प्रस्तुति रह्यो ।
आइतबार लोकदोहोरीतर्फ राजु परियार, जीवन दाहाल, अस्मिता डल्लाकोटी, शिवहरि ढुंगाना, सुरेन्द्र गुरुङ, प्रदीप त्रिपाठी, करण तामाङ, मधु चापागाइ, रामजी पौडेल, सीता केसी, रिता कुँवर लगायतको प्रस्तुति रहनेछ । साँझको लाइभ कन्सर्टतर्फ दीक्षिता कार्की र विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको फाइनल आइतबार हुने छन् ।









कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया