गण्डकीमा मन्त्रालय संख्या टुंग्याउन सत्ता गठबन्धनको बैठक

पोखरा ।
गण्डकीकी प्रदेशका सत्ता साझोदार दलको आइतबार बेलुका बसेको बैठकले प्रदेमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति गरेको छ । यसलाई अपौचारिकता दिन सोमबार बिहानै बैठक बस्ने जानकारी सरकारकी प्रवक्ता समेत रेही विना विभागीय मन्त्री सिता सुन्दासले दिइन् ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मन्त्रालय संख्या टुंग्याउन आइतबार पनि गठबन्धनका दलहरुको बैठक बसेको थियो । त्यो बैठकले पनि ७ मन्त्रालय बनाउन सहमति भएपनि सोमबार बिहान सत्ता गठबन्धनको बैठक बसेर टुंगो लगाउने सरकारकी प्रवक्ता मन्त्री सिता सुन्दासले बताइन् ।
‘आइतबार पनि सत्ता गठबन्धनमा सहभागी दलका नेताहरुको अनौपचारिक बैठक बस्यो । बैठकल ७ मन्त्रालय बनाउने सहमति नजिक बस्यो । तर, पुन भोली बिहान एक पटक बसेर निर्णय गछौं । सोमबार नै मन्त्रिपरिषद्को बैठकले निर्णय गर्छ,’ प्रवक्ता सुन्दासले भनिन् । स्रोतका अनुसार भोली नै मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने छ । लगत्तै सोमबार बेलुकासम्म मन्त्रिमन्डल विस्तार गर्ने योजनामा रहेको मुख्यमन्त्री स्रोत बताउँछ ।
एमालेबाट मुख्यमन्त्रीसहित ४, माओवादीबाट २ र राप्रपाबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद् बनाउने अधिकारीको चाहना हो ।
तपाईको प्रतिक्रिया