जेसिए हिसान फुटसल च्याम्पियन

पोखरा ।
हिसान गण्डकीको आयोजनामा पोखरामा भएको प्रथम हिसान फुटसल प्रतियोगितामा पोखरा २६ लेखनाथको जुनियर सिटिजन एकेडेमी (जेसिए) कास्की च्याम्पिएन बनेको छ ।
कास्की छनोट प्रतियोगिताको फाइलनमा जेसिएले कास्की मोडनाइज एकेडेमीलाई २–१ गोलले हराउँदै च्याम्पियन भएको हो । फाइनलमा जेसिएका लागि विकास परियार र विमल चन्द्रले समान १ गोलको योगदान दिए । कास्की मोडनाइजका लागि विजय गिरीले गोल गरे ।
आइतबार नै भएको सेमिफाइनल खेलमा कास्की मोडनाइजले करुणनिधि एजुकेसन फाउन्डेसनलाई ५–० गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो । जेसिएले सगरमाथालाई ३–२ गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो ।
विजयी खेलाडीलाई प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष ध्वजकुमार गुरुङ, हिसान गण्डकी अध्यक्ष रमाकान्त बराल, उपाध्यक्ष डा रामजीप्रसाद शर्मा, कास्की अध्यक्ष यमबहादुर रोका, प्रतियोगिताका संयोजक सन्तोष पराजुली, सबिन मेमोरियल फुटबल क्लबका अध्यक्ष सञ्जय लिगल, प्रदेश खेलकुद परिषद्की सदस्य निर्मला बराल लगायतले प्रमाणपत्र र मेडल प्रदान गरे ।
प्रतियोगितामा हिसान गण्डकीका सदस्य विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी थिए । कास्कीबाट ८ टिम छनोट भई प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने छन् । छनोट भएका टिममा सगरमाथाका २ टिम, लिटिल स्टेप, केफ, जेसिए, माउन्ट अन्नपूर्ण, कास्की मोडनाइज र सृजना सेकेन्डरी स्कुल छन् ।
कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुनेछ ।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया