पार्वती टोलकाे अध्यक्षमा भवानी

समाधान संवाददाता २०७९ माघ ९ गते १७:३०

लेखनाथ ।
पार्वती टोल विकास संस्था पोखरा ३० शिशुवाको १८ औं वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले भवानीप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत भएको समितिको उपाध्यक्षमा रीता थापा, सचिव चित्रबहादुर भुजेल र कोषाध्यक्ष विष्णुप्रसाद भट्टराई छन् ।

Advertisement

सदस्यमा सरस्वती जिसी, विष्णुदेवी भट्टराई, लक्ष्मी तझ्या, पवित्रा गिरी र दीपा बास्तोला छन् । संस्थाका अध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सचिव चित्रबहादुर भुजेल, उपाध्यक्ष रीता थापा, पोखरा ३० का वडा सदस्य विनोदप्रसाद लामिछाने लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया