प्रहरी चौकी प्रमुखसम्मको फोन नम्बर वेबसाइटमा

पोखरा ।
प्रहरीलाई कुनै सूचना दिनुपर्यो वा सहयोगका लागि प्रहरीलाई सम्झनुपर्यो ? आफ्नै घरगाउँको प्रहरी चौकीमा खबर गर्नुपरे कसरी गर्ने त ? अबचाहिँ सजिलो हुने भएको छ । गण्डकी प्रदेश प्रहरीले चौकी प्रमुखसम्मको फोन नम्बर वेबसाइटमै उपलब्ध गराएको छ ।
सेवाग्राही र प्रहरी बिचमा विश्वासको वातावरण विकास गरी शान्ति, सुरक्षासँग सम्बन्धित महत्वपूर्ण सूचना आदानप्रदान गर्न सजिलो होस् भनेर प्रहरी कार्यालय प्रमुखहरुको मोबाइल नम्बर वेबसाइटमै राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशभरका जिल्ला, इलाका, वडा र चौकीसम्मका कार्यालय र प्रमुखको सम्पर्क नम्बर गण्डकी प्रदेश प्रहरी कार्यालयको वेबसाइटमा राखिएको हो । सेवाग्राहीले गण्डकी प्रदेश प्रहरी कार्यालयको वेबसाइट gandaki.nepalpolice.gov.np मा गई आफ्नो गुनासो वा समस्या कुन प्रहरी कार्यलयमा पुर्याउनुपर्ने सो कार्यालय र कार्यालय प्रमुखको सम्पर्क नम्बर प्राप्त गर्न सकिने प्रहरी प्रहरी कार्यालयले जनाएको छ ।
‘सेवाग्राहीले आफूले चाहेको प्रहरी कार्यालय प्रमुखसँग सिधै सम्पर्क गरी आफ्ना गुनासा, समस्या वा सुरक्षा सम्बन्धी राय सल्लाह लिन सक्नेछन्,’ कार्यालयले भनेको छ ।
सेवाग्राहीले नेपाल प्रहरीको एप्लिकेसनबाट पनि नेपालभरका नेपाल प्रहरीका सबै कार्यालयको सम्पर्क नम्बर प्राप्त गर्न सक्छन् ।
प्रहरी सेवा प्रवाहलाई थप जनमुखी र चुस्त बनाई सहज सेवा प्रवाहका लागि गण्डकी प्रदेश प्रहरीको यो कार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) बुद्धिराज गुरुङले बताएका छन् ।
आफूले सम्पर्क गर्न खोजेको प्रहरी कार्यालय प्रमुखसँग सिधै कुराकानी गर्ने अवसर पाएपछि प्रहरीसँग सहजै जनताको पहुँच पुग्ने विश्वास प्रहरी नायब महानिरीक्षक गुरुङले व्यक्त गरे ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया