पोखरामा फोर्स मोटर्सको सर्भिस सेन्टर

पोखरा ।
फोर्स मोटर्सको आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिे सोमबारबाट पोखराको चाउथेमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धु्रवबहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनील संक र पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रुपमा सेन्टर उद्घाटन गरेका छन् ।
फोर्सले ग्राहकलाई गाडी बिक्री गरेपछि सहज सेवा दिन सर्भिस सेन्टर खोलेको हो । गाडी बिक्री पछिको आधुनिक सेवा तथा पार्टपुर्जा सहिको सेवा दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको सर्भिस सेन्टर खोलिएको अध्यक्ष थापाले बताए । फोर्स मोटर्सको चाउथेमा सोरुम पनि छ ।
सर्भिस सेन्टर करिब ७ रोपनी जग्गामा फैलिएको छ । सेन्टरबाट ग्राहकले गाडीको स्पेयर्स तथा सर्भिस सेन्टर एउटै स्थानबाट छिटो छरितो आधुनिक सेवा दिइने आयाम इन्टरकन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक निरन केसीले जानकारी दिए । ८ वर्षदेखि आयमले नेपाल फोर्स ब्रान्डका गाडी आयात र बिक्री, वितरण गर्दै आएको छ ।
कम्पनीले पिकअप भ्यान, स्कुल बस, माईक्रो बस तथा उच्चस् तरको एम्बुलेन्स बिक्री गर्दै आएको छ । यसका देशभर २२ डिलर नेटवर्कबाट फोर्सका गाडी बिक्री र बिक्री पछिको सेवा दिइदै आएको छ । आयाम कन्टिनेन्टलले फोर्स मोटर्सका नयाँ मोडलका बस र जिप छिटै नेपाली बजारमा ल्याउन लागेको जानकारी दिएको छ ।
कार्यक्रममा नेपाल युवा यद्यमी मञ्चका अध्यक्ष सुयस मल्ल, स्थानीय यातायातका प्रदेश संयोजक केदार पौडेल, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष मोहनबाबु खड्का, फोर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनील संक, पश्चिमाञ्ल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाल श्रेष्ठ, मिलन केसी लगायतले बोलेका थिए ।









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया