मनिपाल–वतास फाउन्डेसन सहकार्य

पोखरा ।
मनिपाल शिक्षण अस्पताल र बतास फाउन्डेसनबीच ‘कर्पोरेट स्वास्थ्य जाँच योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजनामा अस्पताल र बतास फाउन्डेसन बिच सहमति भएको हो ।
बतास फाउन्डेसनमा कार्यरत कर्मचारीले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने छन् । मणिपाल शिक्षण अस्पताल पोखरा र बतास फाउन्डेसनबीच स्वास्थ्य सेवा सुविधसम्बन्धी सहमति भएसँगै फाउन्डेसनमा आवद्ध कर्मचारीले सो सुविधा पाउने भएका हुन् ।
मनिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनील ओडुविल र बतास फाउन्डेसनका मानव संशाधन प्रबन्धक भोला तिमिल्सिना बीच भएको सहमाती अनुसार अब फाउन्डेसनका कर्मचारीले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन ।
संघका सदस्यले मनिपालको साधारण बेडमा २५ प्रतिशत, निःशुल्क डाक्टरी परामर्श, साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउने छन् । ‘न्युरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छुट दिइनेछ,’ सम्झौतापत्रमा भनिएको छ, ‘नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था छ ।’









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया